मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा ३९ प्रतिशत मत खस्यो ।

पूर्वी प्रेस 77+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २:३० बजेसम्म आइपुग्दा २८ हजार २ सय ३ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये १३ हजार ९ सय ७५ महिला  र १४ हजार २ सय २८ पुरुष मतदाता रहेका छन् । ७३ हजार १ सय ३७ मतदाता रहेको तेह्रथुमका  दिउँसो २:३०  बजेसम्म ३९ प्रतिशत मतदान भएको छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेह्रथुममा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन कार्यतालिका रहेको छ । सुरक्षाका दृष्टिले संवेदनशील तथा अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य केन्द्रमा पनि निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार