मुख्य समाचार
विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान | नेपाली क्रिकेटका लागि ठूलो अवसर, भारत ‘ए’सँग घरेलु टी–२० सिरिज | बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास |

विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति

पूर्वी प्रेस 69+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल केवल फुटबलको रोमाञ्चक भिडन्तमा सीमित रहने छैन। विश्वभरका करोडौं दर्शकमाझ यसपटक हाफटाइममा संगीतको भव्य महाउत्सव पनि प्रस्तुत हुने भएको छ, जहाँ विश्वप्रसिद्ध पपस्टार जस्टिन बिबरले सांगीतिक प्रस्तुति दिनेछन्।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार बिबरको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो। यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा सार्वजनिक गरिसकिएको थियो। अब यी चर्चित कलाकारसँगै बिबर पनि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलको हाफटाइम शोमा देखिनेछन्।
कोचेला संगीत महोत्सवमा अप्रिलमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय स्टेज हुनेछ। सुपर बाउलको चर्चित हाफटाइम शोबाट प्रेरित यो कार्यक्रम फिफाले विश्वकप इतिहासमै पहिलो पटक आयोजना गर्न लागेको हो।
फिफाका अनुसार कार्यक्रमबाट प्राप्त सहयोग ग्लोबल सिटिजन एजुकेसन फन्डमार्फत विश्वभरका बालबालिकाको शिक्षा र फुटबलमा पहुँच विस्तार गर्न प्रयोग गरिनेछ।
‘फिफा विश्वकपले संसारलाई एउटै मञ्चमा जोड्ने अद्भुत शक्ति राख्छ,’ बिबरले विज्ञप्तिमार्फत भनेका छन्। ‘यस्तो ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न पाउँदा सम्मानित महसुस गरेको छु। अझ यसले बालबालिकाको शिक्षामा योगदान पुर्‍याउने भएकाले यो अवसर अझ विशेष बनेको छ।’
कार्यक्रमको कलात्मक संयोजन कोल्डप्लेका गायक क्रिस मार्टिनले गरेका छन्। कार्यक्रममा बर्ना ब्वाय, चर्चित अर्केस्ट्रा निर्देशक गुस्ताभो डुडामेल, द मपेट्स तथा कोल्डप्लेसँग प्रस्तुति दिइसकेको पीएस–२२ कोरसले समेत आफ्नो कला प्रस्तुत गर्नेछन्।
विश्वकप उपाधिको दौड अहिले अन्तिम आठ टोलीमा सीमित भएको छ। मोरक्को, फ्रान्स, नर्वे, इंग्ल्यान्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्यान्ड उपाधिका लागि प्रतिस्पर्धामा छन्।
यस संस्करणको विश्वकपमा संगीतले सुरुदेखि नै विशेष स्थान पाएको छ। उद्घाटन समारोहमा केटी पेरी, ब्ल्याकपिंककी लिसा र जे बाल्भिनले दर्शकलाई मनोरञ्जन दिएका थिए। फिफाले प्रतियोगिताका लागि मौलिक साउन्डट्र्याक पनि सार्वजनिक गरिसकेको छ, जसमा शाकिरा, बर्ना ब्वाय, २१ साभेज, लाटो, द रोलिङ स्टोन्स, जेली रोल, फ्युचर र टायलालगायत कलाकारका गीत समावेश छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले जस्टिन बिबर र कोल्डप्ले जस्ता विश्वस्तरीय कलाकारको सहभागिताले विश्वकपलाई अझ ऐतिहासिक बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार फुटबल, संगीत र सामाजिक सन्देशलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यो कार्यक्रमले विश्वभर शान्ति, एकता र आशाको सन्देश प्रवाह गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार