मुख्य समाचार
तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान | नेपाली क्रिकेटका लागि ठूलो अवसर, भारत ‘ए’सँग घरेलु टी–२० सिरिज |

एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव

पूर्वी प्रेस 76+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

काठमाडौं, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सांसदहरूले स्वकीय सचिव छनोट गर्दा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) मा दक्ष व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आइतबार एमालेको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले स्वकीय सचिवको भूमिका व्यक्तिगत वा घरायसी सहयोगीको नभई सांसदको संसदीय कार्यलाई प्रभावकारी बनाउने सहयोगीको हुनुपर्ने बताए।

उनले डिजिटल प्रविधिको तीव्र विकाससँगै सांसदका गतिविधि, धारणा र संसदीय कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सूचना प्रविधिमा जानकार र एआईको प्रयोग गर्न सक्ने जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गरे।

स्वकीय सचिव राख्नु स्वाभाविक र आवश्यक हो। तर, घरायसी काम गर्ने व्यक्ति होइन, संसदीय जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्ने, सूचना प्रविधिमा दक्ष वा एआईको प्रयोग गर्न सक्ने व्यक्तिलाई रोज्नुपर्छ,’ पोखरेलले भने।

उनले भर्चुअल दुनियाँमा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै एमाले डिजिटल माध्यममा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याए। संसदमा उठाइने विषयवस्तु र पार्टीका धारणा नागरिकसम्म डिजिटल प्लेटफर्ममार्फत समयमै पुर्‍याउन सक्ने क्षमता स्वकीय सचिवमा हुनुपर्ने उनको भनाइ थियो।

पोखरेलले सबै सांसदको रुचि, अनुभव र विषयगत ज्ञान समान नहुने भएकाले जिम्मेवारी बाँडफाँट पनि क्षमता र विज्ञताका आधारमा हुनुपर्ने बताए। विषयवस्तुको ज्ञान भएका सांसदलाई नेतृत्वदायी भूमिका दिँदा संसदीय बहस र प्रस्तुति थप प्रभावकारी बन्ने उनको विश्वास छ।

उनले पदीय मर्यादाभन्दा विषयगत दक्षता, अनुभव र ज्ञानलाई प्राथमिकता दिने संस्कार विकास गर्न सके संसदको कामकारबाही थप गुणस्तरीय बन्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार