मुख्य समाचार
बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास | बसन्तपुर–म्याङलुङ सडक खण्डको कालीखोलामा ३ करोड ४२ लाखको पर्खाल विवादमा | चिलिङ भ्याट विस्तारले डाँडाखर्कमा दुग्ध क्रान्ति, किसानमा नयाँ आशा | शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित |

बसन्तपुर–म्याङलुङ सडक खण्डको कालीखोलामा ३ करोड ४२ लाखको पर्खाल विवादमा

उमेश नेपाली 32+ समाचार ( )
२५ आश्विन २०८३, बिहीबार

तेह्रथुम । तेह्रथुमको मध्यपहाडी लोकमार्गअन्तर्गत बसन्तपुर–तेह्रथुम सडक खण्डको कालीखोला क्षेत्रमा निर्माणाधीन मेसिनरी ढुंगाको पर्खालको गुणस्तरलाई लिएर विवाद उत्पन्न भएको छ। निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आरोप लगाउँदै स्थानीयवासीले विरोध जनाएपछि सडक डिभिजन कार्यालयले निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

आपतकालीन सडक मर्मत योजनाअन्तर्गत करिब ३ करोड ४२ लाख रुपैयाँको लागतमा काठमाडौं स्थित रुरु कन्ट्रक्सन प्रालिले उक्त पर्खाल निर्माण गरिरहेको छ। तर स्थानीयका अनुसार निर्माणमा प्रयोग गरिएका केही ढुंगा कमजोर रहेका छन् भने आवश्यक मात्रामा सिमेन्ट र बालुवा प्रयोग नगरी मापदण्ड विपरीत काम गरिएको आरोप छ।

निर्माणको गुणस्तरप्रति असन्तुष्टि जनाउँदै स्थानीयले पर्खालमा जडान गरिएका केही ढुंगा पल्टाएर विरोधसमेत गरेका थिए। उनीहरूले सार्वजनिक बजेटबाट संचालन हुने आयोजनामा लापरवाही स्वीकार गर्न नसकिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

लालीगुराँस नगरपालिका ७ का वडाध्यक्ष  देवेन्द्र खड्काले सडक भासिएको अत्यन्त संवेदनशील क्षेत्रमा गुणस्तरीय निर्माण हुनुपर्नेमा जोड दिँदै कमसल काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो।

निर्माण सम्पन्न हुनुअघि नै पर्खाल कमजोर देखिएकाले समयमै सचेत गराउन विरोध गर्नुपरेको स्थानीय मोहन कार्कीले बताए। गुणस्तरीय निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता रहेको समेत कार्कीले औंल्याएका छन्।

निर्माण कम्पनीको लापरवाही देखिएकाले, तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिइएको र घटनाको प्राविधिक अनुगमन गरी वास्तविक अवस्था मूल्याङ्कन गरिने तथा दोषी देखिए आवश्यक कारबाही अघि बढाउने समेत सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ।

स्थानीयवासीले सार्वजनिक रकमबाट संचालित विकास आयोजनामा पारदर्शिता, गुणस्तर र जवाफदेहितालाई सुनिश्चित गर्दै कमजोरी गर्ने निर्माण कम्पनीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार