काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धिपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम
भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ मा कारोबार भएको
थियो।
यस्तै, चाँदीको
मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ
पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४
हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको
उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।