मुख्य समाचार
तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान | नेपाली क्रिकेटका लागि ठूलो अवसर, भारत ‘ए’सँग घरेलु टी–२० सिरिज |

औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल

पूर्वी प्रेस 76+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले राज्यकोषमा ४६ करोड रुपैयाँभन्दा बढी महसुल बुझाएका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार गत असार मसान्तसम्म देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगबाट ४६ करोड ८६ लाख रुपैयाँ महसुल दाखिला भएको हो।

लामो समयदेखि बाँकी रहेको महसुल असुलीका लागि व्यवस्थापन लिमिटेडले ताकेता गर्दै आएको थियो। देशभरका औद्योगिक क्षेत्रमा रहेका ३०० भन्दा बढी उद्योगको करिब ८८ करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार बक्यौता नतिर्ने १० वटा उद्योगको विद्युत् लाइन काटिएको छ।

उनका अनुसार कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगले मात्रै करिब ४ करोड रुपैयाँ महसुल बुझाउन बाँकी रहेको छ।

बक्यौता असुलीलाई तीव्र बनाउँदै बाँकी उद्योगलाई पनि नियमित भुक्तानीका लागि दबाब दिइने लिमिटेडले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार