काठमाडौं । फिफा विश्वकप २०२६
को उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच निर्णायक भिडन्त हुँदैछ। अमेरिकाको
न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा दुई फरक पुस्ता र फुटबल शैली
आमनेसामने हुनेछन्।
डिफेन्डिङ च्याम्पियन
अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा छ भने स्पेन सन् २०१०
पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने प्रयासमा छ।
अर्जेन्टिनाको नेतृत्व अनुभवी
लियोनल मेसीले गरिरहेका छन् भने स्पेनको मुख्य आकर्षण १८ वर्षीय युवा स्टार लामिन
यमाल रहेका छन्।
मेसीसहित जुलियन आल्भारेज, लाउटारो मार्टिनेज र एन्जो फर्नान्डेज अर्जेन्टिनाका प्रमुख खेलाडी हुन्।
यता स्पेनका लागि यमालसँगै रोड्री, डानी ओल्मो र मिकेल
ओयरजाबाल निर्णायक बन्न सक्छन्।
विश्वकप इतिहासमा यी दुई टोलीबीच
यसअघि एकपटक मात्र भेट भएको छ। सन् १९६६ मा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित
गरेको थियो।