मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

जमरा राख्ने सही विधि के हो ?

पूर्वी प्रेस 77+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

दशैंमा मान्यजनहरूले टीका लगाइदिँदा सँगै कानमा जमरा लगाइदिने चलन छ । निधारमा टीका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जौंको जमरा राखिन्छ । कतै-कतै मकैको जमरा पनि देखिन्छ ।

जमरा राख्नु दशैंको महत्वपूर्ण परम्परा हो । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राख्ने गरिन्छ । यस दिनलाई घटस्थापना भनिन्छ । यो दशैंको सुरुको दिन हो ।

कसरी राख्ने जमरा ?

सामग्री तयार पार्ने

-जौ वा मकैको बीउ लगभग १–२ मुट्ठी वा आवश्यकता अनुसार।

-मलिलो खालको फुको माटो ।

-जमरा राख्नका लागि एउटा ठूलो किस्ती वा भाँडो, टपरी, केराको पातमाथि पनि जमरा राख्ने चलन छ ।

-अँध्यारो ठाउँ ।

-पानी (एक जग)

यदि छिट्टै उम्रार्ने हो भने बीउलाई अघिल्लो दिन नै पानीमा भिजाएर राख्न पनि सकिन्छ ।

जमरा राख्ने तरिका

-पूजा गरेपछि किस्ती वा जमरा राख्न तयार पारेको भाँडोमाथि माटो फिजाउने । माटोको तह लगभग २–३ इन्च हुनु राम्रो मानिन्छ ।

-भिजेको बीउलाई समान रूपमा छर्ने । यसलाई माटोले हल्का छोप्ने ।

-जमरालाई सुरुदेखि नै प्रकाश नपस्ने ठाउँमा राख्नुपर्छ । जस्तै अँध्यारो कोठामा वा उज्यालो नपर्ने कुनातिर राख्न सकिन्छ  । नभए कालो कपडाले ढाकेर अँध्यारो बनाउनुपर्छ । यदि प्रकाश पर्ने ठाउँमा राखियो भने जमरालाई पहेँलो नभई हरियो हुन्छ ।

-दैनिक हल्का पानी छर्कनुपर्छ ।

-जमरा राखेको कोठाको तापक्रम २५ डिग्री सेल्सियस आसपास हुँदा राम्रोसँग उम्रिन्छ ।

-४-५ दिनदेखि नै जमरा उम्रिन सुरु गर्छ । जमरा राखेको ९ वा १० दिनमा टीका लगाउने दिन आउँछ । यस बेलासम्म राम्रोसँग सप्रिइसकेको हुन्छ ।

जमराका लागि मकै र जौ मध्ये कुन प्रयोग गर्न राम्रो हुन्छ ?

दशैंमा जमरा राख्न जौ र मकै दुवै प्रयोग गर्न सकिन्छ, तर परम्परागत र व्यावहारिक रूपमा जौ राम्रो मानिन्छ ।  आफ्नो परम्पराअनुसार चयन गर्न सकिन्छ ।

जौ परम्परागत रूपमा दशैंको जमराका लागि प्रयोग हुन्छ किनकि यो हिन्दू शास्त्रमा उल्लेखित छ र यसलाई देवीको प्रतीक मानिन्छ । जौको अंकुरण छिटो र समान हुन्छ, पहेँलो र लामो जमरा बन्छ । यो सजिलै उपलब्ध हुन्छ र कम पानीमा पनि बढ्छ ।

मकै पनि विकल्प हो, विशेष गरी जौ उपलब्ध नभएमा ।  यसको जमरा ठूलो र मजबुत हुन्छ तर अंकुरण अलि ढिलो हुन सक्छ । मकैको जमरा जौको भन्दा कम पहेँलो हुन सक्छ यदि राम्रोसँग हेरचाह नगरेमा ।

ध्यान दिनुपर्ने कुरा

-जमरा छर्ने बेला बीउ ठिक रहेको निश्चित गर्नु आवश्यक छ । किनभने कीराले खाएको वा धेरै पुरानो बीउ छरियो भने नउम्रिन पनि सक्छ ।

दिनमा एक पटक हल्का पानी छर्कनुपर्छ, स्प्रे बोतल प्रयोग गर्दा राम्रो हुन्छ । माटो ओसिलो रहोस् तर पानी जम्न भने दिनुहुँदैन ।

-बीउ ठिक्क मात्रामा लगभग सबै सतह ढाक्ने गरी छर्नुपर्छ । धेरै बाक्लो वा धेरै पातलो हुँदा राम्रो हुँदैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार