मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

ब्याज तिरिदिने गाउँपालिकाको प्रतिवद्धता
फेदाप गाउँपालिकाको नविन नीतिः युवालाई स्वरोजगारमा प्रोत्साहन

पूर्वी प्रेस 77+ समाचार ( )
११ आश्विन २०८२, बुधवार

तेह्रथुम  फेदाप गाउँपालिकाले युवाहरुलाई उत्पादनमूलक तथा स्वरोजगारमूलक क्षेत्रमा लाग्न थप हौसला दिने उद्देश्यले ऐतिहासिक निर्णय गरेको छ। अब युवाले वैंक तथा वित्तीय संस्थाबाट व्यवसाय गर्न लिएको ऋणको ब्याज गाउँपालिकाले बेहोर्ने भएकोछ।

गाउँपालिकाको १९ औं गाउँसभा अधिवेशनमा अध्यक्ष केशवप्रसाद भेटवालले प्रस्तुत गर्नुभएको नीति तथा  कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको हो। यस निर्णयसँगै अब युवा उद्यमशीलताको दिशामा ढुक्क भएर अघि बढ्न सकिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र अनुभवको सदुपयोग गर्दै स्वरोजगारमा अभिमुख गरिने कार्यक्रम पनि घोषणा गरिएको छ। व्यवसायिक प्रस्तावनाका आधारमा कार्यक्रम सञ्चालन गरिने तथा उद्यम गर्न चाहने युवालाई आवश्यक व्यवसायिक तालिम समेत प्रदान गरिने नीति तथा कार्यक्रममा उल्ल्ख गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकासमा समेत जोड दिएको छ। जिल्लामा सबै ठाउँमा सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्गको फेदाप खण्डलाई सम्पन्न गर्न पहल गरिने र खोरुङ्गा खोला–यावरा सडकखण्ड कालोपत्रे गर्ने योजना आगामी आर्थिक सम्पन्न गर्न सहजीकरण गरिने जनाईएको छ ।

सेवा प्रवाहमा पारदर्शिता र सुशासन कायम गर्न गाउँपालिकाले ‘शून्य सहनशीलता’ नीति ल्याएको छ। भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै जनमैत्री प्रशासन बनाउने लक्ष्य लिइएको छ।

यसबाहेक, खरको छानामुक्त गाउँ घोषणा अन्तर्गत बाँकी रहेका घरलाई चाँडै खरमुक्त गराई फेदापलाई पूर्ण रुपमा खरको छानामुक्त गाउँपालिका बनाउने नीति लिईएको छ।

गाउँपालिकाले आफूले निर्माण गरेका कानूनहरूको पूर्ण पालना गर्दै विधिको शासन बलियो बनाउने र नमुना पालिकाको रूपमा फेदापलाई स्थापित गर्ने अठोटसहित आगामी योजना अघि सारेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार