मुख्य समाचार
फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | अब आठराईबासी नगरबसमा गुड्नेछ : नगर बससँगै गाउँमा विकासको नयाँ यात्रा | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो | आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न | फेदाप गाउँपालिकाले ५० करोड ३८ लाखभन्दा बढीको बजेट प्रस्तुत, पूर्वाधार र समृद्धिलाई प्राथमिकता | म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक, विकासका विविध क्षेत्र प्राथमिकतामा | मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता |

फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

उमेश नेपाली 20+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुम । फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठान, नेपालद्वारा आयोजित फेदाप क्षेत्रको भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धनसँगै जातीय एवं सामाजिक सह–अस्तित्व विषयक अन्तरक्रिया, साहित्य तथा सांगीतिक प्रस्तुति, कवि परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

फेदाप गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका विविध पक्षबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न जातजाति तथा समुदायबीचको सामाजिक सद्भाव, सह–अस्तित्व र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विषयमा सहभागीहरूले धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय तथा जिल्लाका साहित्यकार, कलाकार, बुद्धिजीवी, स्रष्टा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा साहित्यिक तथा सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो भने भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।

फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठान, नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजन तथा फेदाप गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार