तेह्रथुम । फेदाप गाउँपालिकाले आगामी
आर्थिक वर्ष २०८३/०८४ का लागि ५०
करोड ३८ लाख २३ हजार ४ सय ५४ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम गाउँसभामा
प्रस्तुत गरेको छ।
गाउँसभामा प्रस्तुत बजेट तथा नीति
कार्यक्रममा गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा रोजगारी सिर्जनालाई
प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका
लागि कुल
५० करोड ३८ लाख २३ हजार ४ सय ५४ रुपैयाँ बजेट विनियोजन गरेको छ। जसअन्तर्गत १४ करोड १३ लाख १७ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बाँकी
रकम चालु तथा अन्य शीर्षकमा विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति
तथा कार्यक्रमले स्थानीय स्रोत–साधनको अधिकतम परिचालन गर्दै आर्थिक विकास, सामाजिक न्याय तथा दिगो विकासका
लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। साथै, आगामी वर्षका विकास योजनाको
प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध, आत्मनिर्भर र विकासमुखी फेदाप गाउँपालिका निर्माण गर्ने
लक्ष्य अघि सारिएको गाउँपालिकाले जनाएको छ।

