मुख्य समाचार
फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | अब आठराईबासी नगरबसमा गुड्नेछ : नगर बससँगै गाउँमा विकासको नयाँ यात्रा | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो | आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न | फेदाप गाउँपालिकाले ५० करोड ३८ लाखभन्दा बढीको बजेट प्रस्तुत, पूर्वाधार र समृद्धिलाई प्राथमिकता | म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक, विकासका विविध क्षेत्र प्राथमिकतामा | मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता |

म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति

उमेश नेपाली 20+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुम । उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले म्याङलुङ नगरपालिकाले म्याङलुङ क्याम्पसमा अध्ययनरत २३ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

गरिब, जेहेनदार, अपाङ्गता भएका, दलित तथा सीमान्तकृत समुदायका छात्राहरूलाई लक्षित गरी क्याम्पसमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरिएको हो। क्याम्पस प्रशासन प्रमुख ललित श्रेष्ठका अनुसार आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ

कार्यक्रममा बोल्दै नगर उपप्रमुख जमुना कार्की सुवेदीले नगरपालिकाको वित्तीय अवस्था केही चुनौतीपूर्ण रहे पनि शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

क्याम्पस सञ्चालक समिति अध्यक्ष गोविन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १० का अध्यक्ष खड्कबहादुर तुम्बाहाङ्फे लगायतको उपस्थिति रहेको थियो।

म्याङलुङ नगरपालिका–१० तम्फुलामा रहेको म्याङलुङ क्याम्पसमा म्याङलुङ नगरपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहबाट आएका करिब पाँच सय विद्यार्थी अध्ययनरत छन्। छात्रवृत्ति वितरण कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायका छात्राहरूलाई उच्च शिक्षामा निरन्तरता दिन थप हौसला मिल्ने अपेक्षा नगर उपप्रमुख जमुना कार्की सुवेदीले बताउनु भयो छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार