मुख्य समाचार
फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | अब आठराईबासी नगरबसमा गुड्नेछ : नगर बससँगै गाउँमा विकासको नयाँ यात्रा | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो | आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न | फेदाप गाउँपालिकाले ५० करोड ३८ लाखभन्दा बढीको बजेट प्रस्तुत, पूर्वाधार र समृद्धिलाई प्राथमिकता | म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक, विकासका विविध क्षेत्र प्राथमिकतामा | मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता |

मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता

उमेश नेपाली 20+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुम । मेन्छयायेम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० करोड ७४ लाख १० हजार तीन सय रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ।

गाउँपालिकाको १४औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सडक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषिको व्यावसायिकीकरण, युवा स्वरोजगार तथा रोजगारी सिर्जना, महिला उद्यमशीलता विकासलगायतका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले आर्थिक, सामाजिक तथा भौतिक विकासलाई तीव्रता दिने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार गरेको जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र समृद्धिको आधार तयार गर्ने योजना समेत अघि सारिएको छ।

यसैगरी, गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिनाले गाउँसभामा विनियोजन विधेयक, आर्थिक विधेयक तथा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ३० करोड ७४ लाख १० हजार तीन सय रुपैयाँको बजेट पेश गर्नुभयो।

उहाँका अनुसार बजेट सङ्घीय सरकार तथा कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान तथा गाउँपालिकाको आन्तरिक आयलाई आधार बनाएर तयार गरिएको हो।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटले स्थानीय स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै आर्थिक विकास, सामाजिक न्याय र दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, आगामी वर्षका विकास योजनाको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध र आत्मनिर्भर मेन्छयायेम निर्माण गर्ने लक्ष्य अघि सारिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार