मुख्य समाचार
मौरीपालन सीप सिक्दै छथरका किसान, स्वरोजगारको बाटो खुल्ने अपेक्षा | वैज्ञानिक खेतीको आधार खोज्दै लालीगुराँस, माटो परीक्षण सहजकर्ता उत्पादन गरिँदै | दलित समुदायलाई सचेत बनाउँदै छथर | विदेशबाट फर्किएका युवालाई उद्यमी बन्न सिकाउँदै छथर | किसानलाई आधुनिक उपकरणसँग जोड्दै म्याङलुङ नगरपालिका | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग |

मौरीपालन सीप सिक्दै छथरका किसान, स्वरोजगारको बाटो खुल्ने अपेक्षा

उमेश नेपाली 5+ समाचार ( )
७ आश्विन २०८३, आइतबार

तेह्रथुम। मौरीपालनलाई व्यवसायका रूपमा विकास गर्दै स्थानीय स्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने तालिम आईतवार सम्पन्न भएको छ।

समुदायको नेतृत्वमा पारिस्थितिक प्रणाली पुनस्र्थापना र जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत असार गतेदेखि शुक्रबारे बजारमा सञ्चालन भएको तालिममा छथर गाउँपालिकाका विभिन्न क्षेत्रका किसान, युवा तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

तालिममा सहभागीहरूले मौरीको उचित हेरचाह, आधुनिक घार व्यवस्थापन, मौरीमा लाग्ने रोग पहिचान तथा नियन्त्रण, मह उत्पादनको प्रविधि र बजार व्यवस्थापनका विषयमा जानकारी प्राप्त गरेका छन्। व्यवहारिक अभ्याससहित सञ्चालन गरिएको तालिमले किसानलाई मौरीपालन व्यवसाय सुरु गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गरेको आयोजकले जनाएको छ।

तालिम समापन कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले मौरीपालनलाई ग्रामीण अर्थतन्त्र बलियो बनाउने सम्भावनायुक्त व्यवसायका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले छथर क्षेत्रको प्राकृतिक वातावरण मौरीपालनका लागि उपयुक्त रहेको भन्दै स्थानीय उत्पादनलाई व्यवसायिक रूप दिन गाउँपालिकाले सहकार्य गर्ने बताउनुभयो।

हाम्रो क्षेत्रमा रहेका प्राकृतिक स्रोत र सम्भावनालाई उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउने अभियानमा यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्,” अध्यक्ष तिगेलाले भन्नुभयो।

प्रशिक्षक चन्द्र कार्कीले मौरीपालन व्यवसायका लागि ठूलो क्षेत्रफल आवश्यक नपर्ने र थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो। उहाँले गुणस्तरीय मह उत्पादन र उचित बजारीकरणमा ध्यान दिन सके मौरीपालन ग्रामीण समुदायका लागि भरपर्दो आम्दानीको स्रोत बन्न सक्ने उल्लेख गर्नुभयो।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तेह्रथुमको आयोजनामा सम्पन्न तालिम विभिन्न साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन गरिएको हो।

मौरीपालनमार्फत स्थानीय उत्पादन वृद्धि, जैविक विविधता संरक्षण र किसानको जीविकोपार्जन सुधार गर्ने लक्ष्य राखिएको यो कार्यक्रमले छथर क्षेत्रमा नयाँ उद्यमशीलताको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार