मुख्य समाचार
फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | अब आठराईबासी नगरबसमा गुड्नेछ : नगर बससँगै गाउँमा विकासको नयाँ यात्रा | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो | आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न | फेदाप गाउँपालिकाले ५० करोड ३८ लाखभन्दा बढीको बजेट प्रस्तुत, पूर्वाधार र समृद्धिलाई प्राथमिकता | म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक, विकासका विविध क्षेत्र प्राथमिकतामा | मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता |

लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो

उमेश नेपाली 20+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानप्रतिको रुचि र नवप्रवर्तनको संस्कार विकास गर्ने उद्देश्यले आयोजित प्रदर्शनीले विद्यालय परिसरलाई विज्ञानमय बनाएको थियो।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनशील तथा अनुसन्धानमा आधारित परियोजनाहरू प्रस्तुत गरेका थिए।

प्रदर्शनीमा वातावरण संरक्षण, वैकल्पिक ऊर्जा, आधुनिक कृषि प्रविधि, सूचना तथा सञ्चार प्रविधिलगायतका विविध विषय समेटिएका वैज्ञानिक नमुना, आविष्कार तथा प्रयोगात्मक सामग्रीहरू राखिएका थिए। विद्यार्थीहरूले आफ्ना सिर्जनामार्फत विज्ञान र प्रविधिको प्रयोग केवल पाठ्यपुस्तकमा सीमित नभई स्थानीय समस्या समाधानको प्रभावकारी माध्यम बन्न सक्ने सन्देश दिएका थिए।

प्रदर्शनीमा प्रस्तुत नमुनाहरूले विद्यार्थीहरूको कल्पनाशीलता, खोजमूलक क्षमता, अनुसन्धानप्रतिको लगाव र व्यवहारिक ज्ञानलाई सजीव रूपमा उजागर गरेका थिए। कतिपय परियोजनाले दिगो विकास, वातावरणीय संरक्षण र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेकाले अवलोकनकर्ताको विशेष ध्यान खिचेका थिए।

विद्यार्थीहरूको प्रतिभा, मेहनत र नवीन सोचले अभिभावक, शिक्षक तथा स्थानीयवासीलाई प्रभावित बनाएको थियो। प्रदर्शनी अवलोकन गर्नेहरूले विद्यार्थीहरूको सिर्जनशील क्षमताको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमले भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तक उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार