मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

छथर गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, जनमुखी नीति र कार्यक्रम सार्वजनिक

पूर्वी प्रेस 77+ समाचार ( )
११ आश्विन २०८२, बुधवार

तेह्रथुम, छथर गाउँपालिका, तेह्रथुमले आगामी वर्षका लागि जनमुखी बजेट नीति कार्यक्रमहरू सार्वजनिक गर्दै १५औँ गाउँसभा तथा ९औँ बजेट प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ। छथर स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको थाक्चोलुङ तोपा माङ्हिमको परिसरमा सम्पन्न सभाले सामाजिक सुरक्षादेखि पूर्वाधार विकाससम्मका कार्यक्रम अघि सारेको हो।

गाउँसभामा प्रस्तुत बजेटमार्फत गाउँपालिकाले सामाजिक न्याय समावेशी विकासलाई प्राथमिकतामा राखेको देखिन्छ। सबै घरधुरीको तर्फबाट न्यूनतम विद्युत महसुल रु ३० गाउँपालिकाले व्यहोर्ने निर्णय जनताको प्रत्यक्ष हितमा उठाइएको कदमको रूपमा हेरिएको छ ।

एकल पुरुषहरूका लागि मासिक एक हजार रुपैयाँ प्रोत्साहन, महिला स्वास्थ्य स्वयंसेविकाका लागि मासिक भत्ता, साथै  जेष्ठ नागरीकलाई लौरो उपहार सम्मान कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ। अध्यक्ष सन्तोष तिगेलाका अनुसार, सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाउँदै समान अवसर सुनिश्चित गरिने छ ।

शिक्षा क्षेत्रमा पनि प्राथमिकता दिइँदै, विद्यालयस्तरमा सञ्चालित कम्प्युटर शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ भने बाल शिक्षकलाई दिइँदै आएको साझेदारी तलब कटौती नगरी कायम राख्ने निर्णय गरिएको छ।

कृषिमा आत्मनिर्भरता बढाउन बाँझो जमिनमा फलफूल खेती गर्ने किसानहरूलाई ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।

पूर्वाधार विकासमा, शुक्रबारेफाक्चामाराशनिश्चरे हुँदै हाक्पाराघाटसम्मको सडक स्तरोन्नति प्राथमिकतामा राखिएको छ। त्यस्तै, निःशुल्क एम्बुलेन्स सेवा, शिशु प्रोत्साहन कार्यक्रमजस्ता जनस्वास्थ्य सम्बन्धी योजनाहरू पनि यथावत् राखिनेछन्।

गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रमहरूले छथरको समग्र सामाजिक, आर्थिक भौतिक रुपान्तरणमा टेवा पु¥याउने विश्वास लिएको  गाउँपालिका प्रवक्ता राजन नेपालीले बताउनु भयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार