मुख्य समाचार
बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास | बसन्तपुर–म्याङलुङ सडक खण्डको कालीखोलामा ३ करोड ४२ लाखको पर्खाल विवादमा | चिलिङ भ्याट विस्तारले डाँडाखर्कमा दुग्ध क्रान्ति, किसानमा नयाँ आशा | शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित |

मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो

पूर्वी प्रेस 66+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेयता सेयर बजार लगातार ओरालो लागेको छ। पछिल्ला तीन कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कुल ५०.८९ अंकले घटेको छ।

मंगलबार मौद्रिक नीति सार्वजनिक भएपछि बुधबार नेप्से ३०.०९ अंकले घटेको थियो। त्यसपछि बिहीबार १९.६७ अंक र शुक्रबार थप १.१३ अंकले घट्दै परिसूचक २६००.७८ बिन्दुमा पुगेको छ। कारोबार सुरु हुँदा नेप्से २६०१.९२ बिन्दुमा रहेको थियो।

बजार सूचक सामान्य रूपमा घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामाझ केही अन्योल देखिएको विश्लेषण गरिएको छ। हाल १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था लागू छ।

यससँगै असार मसान्त नजिकिएकाले बैंक तथा वित्तीय संस्थाको साँवा–ब्याज र किस्ता भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाएको प्रभाव पनि बजारमा परेको देखिन्छ। शुक्रबारसम्म बिक्री भएको सेयरको रकम असार मसान्तभित्र खातामा जम्मा हुने भएकाले बजारमा आपूर्तिको चाप बढेको विश्लेषकहरूको भनाइ छ।

शुक्रबार कारोबारका क्रममा नेप्से सुरुआती चरणमा करिब २० अंकसम्म उकालो लागेको भए पनि अन्त्यमा पुनः घटेर बन्द भएको थियो। त्यसदिन १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको मूल्य घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत परिसूचकतर्फ बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा लगायतका समूहमा गिरावट देखियो। यता लगानी, उत्पादनमूलक, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह भने सामान्य रूपमा उकालो लागेका छन्।

व्यक्तिगत कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढ्यो। कुमारी इक्वी फन्ड ९.०९ प्रतिशत र अलङ्गा हाइड्रोपावर ६.९२ प्रतिशतले उकालो लागे। विपरीत रूपमा भगवती हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार