काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर बिहीबार आफ्नै शरीरमा आगो लगाएका
गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालका अनुसार गम्भीर रूपमा जलेका नेपालीको
शुक्रबार बिहान ११:२० बजे उपचारकै क्रममा मृत्यु भएको हो।
प्रारम्भिक जानकारीअनुसार काठमाडौं महानगरपालिकाले
उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उनी आक्रोशित बनेका थिए। त्यसलगत्तै उनले
शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई वीर अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।