मुख्य समाचार
शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित | जिल्ला खेलकुद विकास समितिको पदभार सम्हाल्दै नेपालले भने खेलकुद विकासलाई नयाँ गति दिन्छु | प्रचण्डको खुलासा : ‘जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको थियो’ | चलचित्र विकास बोर्डको २६ वर्ष : नयाँ योजना, नयाँ प्रविधि र चलचित्रकर्मी सम्मान | लालीगुराँसमा तीनजुरे संगीत प्रशिक्षण केन्द्र: गाउँमै प्रतिभा निखार्ने नयाँ थलो | लालीगुराँसमा बेठीको पुनर्जागरण, धान रोपाइँसँगै मौलिक संस्कृति जोगाउने प्रयास | प्रदेशसभा खारेजीको एजेन्डाले फेरि संघीयतामाथि बहस | चितवनमा कुकुरलाई गर्भनिरोधक औषधि | कोशीका स्वकीय सचिवहरूले रोकिएको पारिश्रमिक पाउने | कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्नेः मुख्यमन्त्री कार्की |

प्रचण्डको खुलासा : ‘जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको थियो’

पूर्वी प्रेस 63+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको दाबी गरेका छन्। त्यसबेला देश असाधारण राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै उनले सम्भावित दुर्घटनाबाट राष्ट्रलाई जोगाउने चिन्ता आफूहरूमा रहेको बताएका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भदौ २६ गतेको राजनीतिक घटनाक्रम स्मरण गरे। राष्ट्रपति निवास शीतलनिवासमा भएको छलफलका क्रममा देशको भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको उनले बताए।
उनका अनुसार त्यतिबेला जनस्तरमा ‘देश अब अर्कै युगमा प्रवेश गर्न लागेको भन्ने चर्चा व्यापक थियो। त्यही क्रममा नारायणहिटी दरबार सफा भइरहेको सूचना पनि आएको उनले उल्लेख गरे।
सुरुमा हल्ला मात्रै हो कि जस्तो लागेको थियो। पछि बुझ्दै जाँदा नारायणहिटी सफा गर्न लगाएकै रहेछन्,” उनले भने, “त्यस्तो सूचना आउनु सामान्य विषय थिएन। त्यसले तत्कालीन परिस्थितिको गम्भीरता झल्काउँथ्यो।
प्रचण्डले त्यसबेला जनता, राजनीतिक नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध कमजोर बनेको टिप्पणी गर्दै देश अत्यन्त संवेदनशील मोडमा पुगेको बताए। व्यक्तिगत राजनीतिक भविष्यभन्दा पनि मुलुकलाई थप संकटमा जान नदिने उद्देश्यले आफूहरू अघि बढेको उनको भनाइ थियो।
उनले आफूहरू संसद् विघटनको पक्षमा कहिल्यै नरहेको दोहोर्‍याउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि सिफारिस गरेको दाबी गरे।
अन्तरिम सरकार बनाउने प्रस्ताव हामीले अघि सारेका होइनौं। प्रधानमन्त्री ओलीकै पत्र देखेपछि त्यसको संवैधानिक आधार बनेको निष्कर्षमा पुग्यौं,” उनले भने, “देशलाई थप दुर्घटनातर्फ धकेलिन नदिन हामीले निर्वाचनको विकल्प स्वीकार गरेका हौं।
प्रचण्डले नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने आफ्नो अडान अन्तिम समयसम्म कायम रहेको पनि स्पष्ट पारे। संसद् विघटनप्रति आफ्नो सहमति नरहेको दोहोर्‍याउँदै उनले तत्कालीन निर्णयहरू देशको राजनीतिक स्थायित्व जोगाउने उद्देश्यले गरिएको दाबी गरे।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार