मुख्य समाचार
बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास | बसन्तपुर–म्याङलुङ सडक खण्डको कालीखोलामा ३ करोड ४२ लाखको पर्खाल विवादमा | चिलिङ भ्याट विस्तारले डाँडाखर्कमा दुग्ध क्रान्ति, किसानमा नयाँ आशा | शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित |

पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ

उमेश नेपाली 32+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

तेह्रथुम। पूर्व शहरी विकासमन्त्री सीता गुरुङले पुष्पलाल मध्यपहाडी लोकमार्गले तेह्रथुमलाई बसाइँसराइको चपेटाबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै अब पूर्वाधार निर्माणसँगै आर्थिक विकासलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ। उहाँले सडक, प्रशासनिक भवन र स्थानीय पूर्वाधारले गाउँमै सेवा, अवसर र सम्भावना सिर्जना गरिरहेको उल्लेख गर्दै विकासलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

शुक्रबार म्याङ्लुङ नगरपालिका ९ साब्लामा १ करोड ८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न एकीकृत प्रशासनिक वडा कार्यालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण नभएको भए तेह्रथुमबाट बसाइँसराइको अवस्था निकै गम्भीर हुने दाबी गर्नुभयो।

उहाँले मध्यपहाडी लोकमार्गले जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्दै कृषि, व्यापार, पर्यटन तथा अन्य आर्थिक गतिविधिलाई विस्तार गर्ने आधार तयार गरेको बताउनुभयो। सडकसँगै स्थानीय तहमा आवश्यक भौतिक पूर्वाधार निर्माण हुँदा नागरिकले आफ्नै ठाउँमा भविष्य देख्न थालेको उहाँको भनाइ थियो।

पूर्वमन्त्री गुरुङले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई अधिकारसँगै पर्याप्त भौतिक पूर्वाधार आवश्यक पर्ने उल्लेख गर्नुभयो। आफ्नै प्रशासनिक भवनबाट सेवा संचालन हुँदा सेवाग्राहीले छिटो, सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने तथा स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बन्ने उहाँले बताउनुभयो।

म्याङ्लुङ नगरपालिका ९ को एकीकृत प्रशासनिक वडा कार्यालय भवन तत्कालीन शहरी विकास मन्त्रालयअन्तर्गत संचालन गरिएको कार्यक्रममार्फत निर्माण गरिएको हो। करिब १ करोड ८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भवन अम्बिकागौरी निर्माण सेवाले तोकिएको समयभित्र सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङ्फे, उपप्रमुख जमुना कार्की सुवेदी, वडा अध्यक्ष राकेश कुमार फुदोङ लिम्बु, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

वडा अध्यक्ष राकेश कुमार फुदोङ लिम्बुले नयाँ भवन संजालनमा आएसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आधुनिक सुविधा सम्पन्न भवनले सेवाप्रवाहलाई थप सहज र प्रभावकारी बनाउने बताउनुभयो।

भवन उद्घाटनसँगै वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न भवनबाट नियमित सेवा सञ्चालन सुरु गरेको छ। अब स्थानीयवासीले व्यवस्थित वातावरणमा छिटोछरितो र गुणस्तरीय प्रशासनिक सेवा प्राप्त गर्न सक्ने भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार