मुख्य समाचार
चलचित्र विकास बोर्डको २६ वर्ष : नयाँ योजना, नयाँ प्रविधि र चलचित्रकर्मी सम्मान | लालीगुराँसमा तीनजुरे संगीत प्रशिक्षण केन्द्र: गाउँमै प्रतिभा निखार्ने नयाँ थलो | लालीगुराँसमा बेठीको पुनर्जागरण, धान रोपाइँसँगै मौलिक संस्कृति जोगाउने प्रयास | प्रदेशसभा खारेजीको एजेन्डाले फेरि संघीयतामाथि बहस | चितवनमा कुकुरलाई गर्भनिरोधक औषधि | कोशीका स्वकीय सचिवहरूले रोकिएको पारिश्रमिक पाउने | कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्नेः मुख्यमन्त्री कार्की | मेहेनती कृषकको सम्मान, तेह्रथुममा धान दिवसले थप्यो कृषि उत्साह | जिल्ला प्रशासनसँग नागरिकको प्रत्यक्ष संवाद: गुनासा सुन्दै समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता | मेन्छयायेममा स्वास्थ्य र पशु सेवाको नयाँ अध्याय : आधारभूत स्वास्थ्य केन्द्र र भेटेरिनरी अस्पताल संचालन |

चितवनमा कुकुरलाई गर्भनिरोधक औषधि

पूर्वी प्रेस 62+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

काठमाडौं। चितवनमा एउटा पाल्तु कुकुरको उपचारका क्रममा मानव प्रयोगका लागि बनाइएको आकस्मिक गर्भनिरोधक औषधि खुवाइएको आरोपपछि पशु उपचार सेवाको गुणस्तर र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ। शल्यक्रियापछि कुकुरको मृत्यु भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

घटनाका अनुसार सौराहाका एक स्थानीयको पोथी कुकुर केही समयअघि बाहिरी कुकुरसँग संसर्गमा गएको थियो। त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि मालिकले उपचारका लागि नजिकैको निजी पशु क्लिनिकमा पुर्‍याएका थिए।

एनिमल नेपाल चितवनकी फिल्ड सुपरभाइजर दीपा केसीका अनुसार प्रारम्भिक उपचारका क्रममा क्लिनिकले मानिसमा आकस्मिक गर्भ रोक्न प्रयोग हुने ‘आइपिल’ नामक औषधिसहित केही मल्टिभिटामिन प्रयोग गर्न सुझाव दिएको बताइएको छ। त्यसपछि पनि कुकुरको अवस्था सुधार नभई पेट क्रमशः फुल्दै गएपछि गर्भ रहेको आशंका गरिएको थियो।

परीक्षणपछि करिब ३३ दिनको गर्भ रहेको पुष्टि भएपछि शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। तर शल्यक्रियाका क्रममा कुकुरको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि मृत्यु भएको जानकारी क्लिनिकले परिवारलाई दिएको थियो।

कुकुरका मालिकका अनुसार शल्यक्रिया सुरु हुँदा भेट प्राविधिक संलग्न थिए भने पछि मात्रै चिकित्सक पुगेका थिए। यही कारण उपचार प्रक्रियामै कमजोरी भएको हुन सक्ने आशंका परिवारले व्यक्त गरेको छ।

घटनापछि सुरुमा दिइएको औषधि उपयुक्त थियो वा थिएन भन्ने विषयमा पनि प्रश्न उठेको छ। मालिक पक्ष र पशु अधिकारकर्मीहरूले मानवका लागि तयार गरिएको औषधि कुकुरमा प्रयोग गरिनु नै गम्भीर लापरबाही हुन सक्ने दाबी गरेका छन्।

यता सम्बन्धित क्लिनिकले भने कुकुरमा संक्रमण, ज्वरो वा अन्य स्वास्थ्य जटिलताका कारण अवस्था बिग्रिएको हुन सक्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ। मृत्युको वास्तविक कारण भने परीक्षणपछि मात्रै पुष्टि हुने क्लिनिकको भनाइ छ।

घटनापछि कुकुरको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गर्ने विषयमा पनि केही समय अन्योल देखिएको थियो। सुरुमा निजी रूपमा परीक्षण गर्ने प्रयास सफल नभएपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा पशु सेवा कार्यालयमार्फत पोस्टमार्टम गर्ने सहमति जुटाइएको बताइएको छ।

हाल पोस्टमार्टम प्रतिवेदनको प्रतीक्षा भइरहेको छ। प्रतिवेदन आएपछि मृत्यु प्राकृतिक स्वास्थ्य जटिलताका कारण भएको हो वा उपचार प्रक्रियामा लापरबाही भएको हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

दीपा केसीले घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार पक्षको पहिचान गर्नुपर्ने बताएकी छन्। उनका अनुसार पशु उपचारमा प्रयोग हुने औषधि, उपचार प्रक्रिया र सेवा दिने जनशक्तिबारे स्पष्ट मापदण्ड लागू गर्न नसकिए यस्ता घटना दोहोरिन सक्ने जोखिम रहन्छ।

चितवनको यो घटनाले निजी पशु क्लिनिकको सेवा, उपचारमा अपनाइने प्रक्रिया, औषधिको सुरक्षित प्रयोग तथा नियमन प्रणालीबारे पुनः बहस सुरु गराएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार