मुख्य समाचार
चलचित्र विकास बोर्डको २६ वर्ष : नयाँ योजना, नयाँ प्रविधि र चलचित्रकर्मी सम्मान | लालीगुराँसमा तीनजुरे संगीत प्रशिक्षण केन्द्र: गाउँमै प्रतिभा निखार्ने नयाँ थलो | लालीगुराँसमा बेठीको पुनर्जागरण, धान रोपाइँसँगै मौलिक संस्कृति जोगाउने प्रयास | प्रदेशसभा खारेजीको एजेन्डाले फेरि संघीयतामाथि बहस | चितवनमा कुकुरलाई गर्भनिरोधक औषधि | कोशीका स्वकीय सचिवहरूले रोकिएको पारिश्रमिक पाउने | कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्नेः मुख्यमन्त्री कार्की | मेहेनती कृषकको सम्मान, तेह्रथुममा धान दिवसले थप्यो कृषि उत्साह | जिल्ला प्रशासनसँग नागरिकको प्रत्यक्ष संवाद: गुनासा सुन्दै समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता | मेन्छयायेममा स्वास्थ्य र पशु सेवाको नयाँ अध्याय : आधारभूत स्वास्थ्य केन्द्र र भेटेरिनरी अस्पताल संचालन |

लालीगुराँसमा तीनजुरे संगीत प्रशिक्षण केन्द्र: गाउँमै प्रतिभा निखार्ने नयाँ थलो

उमेश नेपाली 25+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

तेह्रथुम। गाउँमै संगीत सिक्ने अवसरको अभावले धेरै प्रतिभा ओझेलमा परिरहेका बेला तेह्रथुमको लालीगुराँस नगरपालिकाले नयाँ पहल थालेको छ। स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले तीनजुरे संगीत प्रशिक्षण केन्द्र’ सञ्चालनमा ल्याएको हो।

बसन्तपुर बजारमा स्थापना गरिएको यो केन्द्र जिल्लामै स्थानीय सरकारले सञ्चालनमा ल्याएको पहिलो संगीत प्रशिक्षण केन्द्र हो। यहाँ गायन, नृत्य र वाद्यवादनमा रुचि भएका विद्यार्थी, युवा तथा सर्वसाधारणले व्यवस्थित र स्तरीय प्रशिक्षण लिन सक्नेछन्।

नगरप्रमुख अर्जुन माबोहाङका अनुसार नगरभित्र लुकेर रहेका प्रतिभालाई अवसर र उचित मञ्च प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले केन्द्रमा नेपाली मौलिक लोकसंगीतसँगै आधुनिक सांगीतिक विधामा पनि प्रशिक्षण दिइने जानकारी दिए।

नगरपालिकाले पहिलो चरणमा ३२ वटै विद्यालयबाट आधारभूत प्रशिक्षणमार्फत ५० जना सम्भावनाशील विद्यार्थी छनोट गरिसकेको छ। उनीहरूलाई केन्द्रमा नियमित प्रशिक्षण दिइनेछ। नगरबाहिरबाट आउने विद्यार्थीका लागि बसन्त माध्यमिक विद्यालय परिसरमा छात्रावास निर्माण भइरहेको छ भने खाना र बस्ने व्यवस्था पनि नगरपालिकाले निःशुल्क गर्ने जनाएको छ।

प्रशिक्षक उत्तम दाहालका अनुसार प्रशिक्षणले सहभागीको कला निखार्नुका साथै भविष्यमा सांगीतिक कार्यक्रम, रेडियो, टेलिभिजन तथा अन्य व्यावसायिक क्षेत्रमा अवसर सिर्जना गर्न सहयोग पुग्नेछ।

नगरपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाउँदै भविष्यमा संगीत परीक्षा केन्द्रका रूपमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ। स्थानीय कला–संस्कृतिको संरक्षणसँगै युवालाई सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्ने यो पहललाई नगरवासीले स्वागत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार