तेह्रथुम/
किर्ते दस्तखत प्रयोग गरी बैंक खाताबाट लाखौ रुपैयाँ निकासा गरेको आरोपमा जिल्ला
खेलकुद विकास समिति तेह्रथुमका निःवर्तमान अध्यक्ष राजेन्द्र बराल विहिवार पक्राउ परेका छन्।
समितिका कार्यालय प्रमुख किशोर कुमार लिम्वुको किर्ते दस्तखत प्रयोग गरी
नेपाल बैंक लिमिटेडमा रहेको २५ लाख ७९ हजार ६ सय ९६ अन्य खातामा ट्रान्सफर गरी
निकासा गरेको आरोपमा बराललाई विहिवार पक्राउ गरी मुद्दा दर्ता गरिएको जिल्ला
प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लक्ष्मण ओलीले बताउनु भयो।