मुख्य समाचार
विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान | नेपाली क्रिकेटका लागि ठूलो अवसर, भारत ‘ए’सँग घरेलु टी–२० सिरिज | बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास |

नेपाली क्रिकेटका लागि ठूलो अवसर, भारत ‘ए’सँग घरेलु टी–२० सिरिज

पूर्वी प्रेस 69+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र भारत ‘ए’ बीच त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा तीन खेलको टी–२० शृङ्खला आयोजना हुने भएको हो।

नेपाली क्रिकेट संघ (क्यान)का अनुसार आगामी डिसेम्बर ९ देखि १३ तारिखसम्म शृङ्खला सञ्चालन हुनेछ। सिरिजअन्तर्गत पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो खेल डिसेम्बर १३ मा खेलाइनेछ।
स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको छलफलपछि नेपाल–भारत ‘ए’ बीचको शृङ्खला तय भएको क्यानले जनाएको छ।
भारत ‘ए’ जस्तो बलियो टोलीसँग घरेलु मैदानमा खेल्न पाउनु नेपाली खेलाडीका लागि महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। यस शृङ्खलाले नेपाली टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कीर्तिपुरमा हुने यस शृङ्खलाले नेपाली क्रिकेट समर्थकलाई पनि लामो समयपछि घरेलु मैदानमा स्तरीय प्रतिस्पर्धा हेर्ने अवसर प्रदान गर्नेछ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार